काठमाडौं, ६ बैशाख २०७६ । चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार क्षेत्रमा जनतालाई शिक्षा र स्वास्थ्य सेवाको उचित व्यवस्था गरिदिन सरकारसँग माग गर्नुभएको छ ।
सगरमाथा बेस क्याम्पको ट्रेकिङ सम्पन्न गरी फर्कनुभएकी अभिनेतृ कोइरालाले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी आधार शिविरमा शिक्षा र स्वास्थ्य सेवाको अभावमा रहेको भन्दै उक्त क्षेत्रका बासिन्दाका लागि आवश्यक व्यवस्था गरिदिन सरकारलाई आग्रह गर्नुभएको हो ।
‘सगरमाथा आधार शिविरमा शिक्षा र स्वास्थ्य सेवाको अभावमा रहेको देखियो, उक्त क्षेत्रका बासिन्दाका लागि सरकारले तत्कालै आवश्यक व्यवस्था गरिदिनु पर्छ,’ अभिनेत्री कोइरालाले भन्नुभयो ।
सगरमाथा बेस क्याम्पको ट्रेकिङको क्रममा स्थानीयबाट आफूले ठूलो सहयोग पाएको बताउँदै उनीहरुले स्वास्थ्य सेवा पाउने अवस्था नभएकोमा भने कोइरालाले दुःख व्यक्त गर्नुभयो ।क्यान्सरबाट मुक्ति पाएपछि अभिनेत्री कोइराला पहिलो पटक दुई भारतीय नागरिकका साथ सगरमाथाको बेस क्याम्प ट्रेकिङ जानुभएको थियो ।
April 18, 2019मा प्रकाशित