२०८३ जेठ ५, मंगलबार
२:५१:४० राति
- ADVERTISEMENT -

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७६\७७ को बजेट निर्माणको तयारी शुरु

प्रकाशित मिति: २०७५ चैत २५, सोमबार

1363
Shares

काठमाडौं, चैत २५

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७६\७७ को बजेट निर्माणको तयारी शुरु गरेको छ । जेठ १५ गतेभित्र बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता अनुसार अर्थ मन्त्रालयले बजेट निर्माणको तयारी शुरु गरेको हो ।

संवैधानिक व्यवस्थाअनुसार अर्थ मन्त्रालय आव २०७६÷७७ को बजेट निर्माणको आन्तरिक गृहकार्यमा जुटेको छ । बजेटका लागि अर्थ मन्त्रालयले विज्ञहरूबाट आवश्यक सुझावसमेत माग गरेको छ । आन्तरिक राजस्व उप–समितिले सार्वजनिक सूचना जारी गरेर सुझाव मागेको हो । सुझावमा राजस्व नीति, मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क, भन्सार महसुल र गैरकरलगायत रहेका छन् ।

सरकारले आगामी आवका लागि ल्याउने बजेट राष्ट्रिय योजना आयोगको १५ औं पञ्चवर्षीय योजनाको आधारपत्रमा आधारित हुने जनाइएको छ । राष्ट्रिय योजना आयोगले आव २०७६\७७ का लागि करिब १५ खर्ब रुपैयाँको बजेट सिलिङ तोकेको छ । सोही सिलिङभित्र बजेट आउने प्रावधान रहेको छ ।

आगामी आवको बजेटबारे प्रधानमन्त्री केपी शर्मा ओली र सबै प्रदेशका मुख्यमन्त्रीबीच पनि छलफल भइसकेको छ । सरकारले गत १५ जेठमा चालू आवका लागि कुल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -