- ADVERTISEMENT -
- ADVERTISEMENT -

एनआरएनए अमेरिकाको सन् २०१९-२०२१ को लागि अप्रिल १७ भित्र उम्मेदवारी दर्ता आह्वान

April 8, 2019
1344
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अमेरिका, २५ चैत्र २०७५ । एनआरएनए अमेरिकाको सन् २०१९–२०२१ को नयाँ कार्यसमितिका लागि निर्वाचन समितिले आइतबार उम्मेदवारी दर्ता आह्वान गरेको छ ।

विधानले तोकेको मापदण्ड पुरा गरेका सदस्यहरूले अप्रिल १७ तारिख मध्यरात अगाडिसम्म आफ्नो उम्मेदवारी दाखिला गरिसक्नु पर्ने छ । उम्मेदवारी दर्ता फर्मसँगै अध्यक्षका दाबेदारहरूले २ हजार डलर, वरिष्ठ उपाध्यक्ष र महासचिवका निवेदकले १५ सय डलर क्षेत्रीय उपाध्यक्षले १३ सय डलर, सचिव र कोषाध्यक्षले एक हजार डलर, सह कोषाध्यक्षले ८ सय डलर र बाकी पदहरूमा ७ सय डलर बुझाउनु अनिवार्य छ ।

च्याप्टर अध्यक्षका आवेदकले ५सय, उपाध्यक्ष र महासचिवले ३ सय बुझाउनु पर्ने छ । एनआरएनए एनसीसी अमेरिकाको माताहातमा २० स्टेट च्याप्टरहरू रहेका छन् । केन्द्र र च्याप्टरमा गरी करिब ३ सय भन्दा बढिले उम्मेदवारी दाखिला गर्न सक्ने अनुमान गरिएको छ ।

२३ अप्रिलमा उम्मेदवारहरूको सुची सार्वजनिक गरिने छ । अप्रिलको २४ र २५ तारिख उम्मेदवारी माथि दाबी विरोधको समय राखिएको छ । मे ३ तारिख सम्म आवेदकले उम्मेदवारी फिर्ता लिन सक्नेछन् । मे ७ तारिख उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक हुने छ ।

मे १८ तारिख देखि १९ तारिख मध्यरात सम्म मतदानका लागि समय तय गरिएको छ । जुलाई ६ तारिख निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिले प्रमाणपत्र प्रदान गर्ने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -