- ADVERTISEMENT -

बारको मतगणना : लोकतान्त्रिक र प्रगतिशीलबीच रोचक भिडन्त जारी

April 3, 2019
669
Shares
- ADVERTISEMENT -

काठमाडौं, २० चैत्र २०७५ । नेपाल बार एशोसिएसनको शनिबार भएको निर्वाचनमा लोकतान्त्रिक प्यानलले अग्रता कायम राखेको छ । सोमबार अपराह्नबाट सुरु भएको मतगणना अझै सकिएको छैन । यद्यपि मंगलबार साँझ रातीसम्मको मतगणनामा लोकतान्त्रिक प्यानलबाट अध्यक्षका प्रत्यासीले नै अग्रता कायम राखेका छन् ।

लोकतान्त्रिक प्यानलका निर्वाचान प्रचारप्रसार समितिका संयोजक राजु कटुवालका अनुसार समूहका सुनिलकुमार पोखरेलले १४ सय ३१ मतका साथ अग्रता लिएका छन् । बाम गठबन्धन समर्थित प्रगतिशील समूहका अध्यक्षका प्रत्यासी श्रेष्ठले १३ सय ५३ मत ल्याएका छन् ।

- ADVERTISEMENT -

Advertisement

कटुवालले महासचिवमा पनि प्रजातन्त्रवादी समूहले अग्रता हासिल गरेको छ जनाएका छन् । जस अनुसार सो समूहका लीलामणि पौडेलले १४ सय ३२ मत पाउँदा प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले १२ सय ९३ मत पाएको बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -