- ADVERTISEMENT -

ओली र प्रचण्डले ओढाए अधिकारीको शवमा पार्टीको झण्डा

March 3, 2019
863
Shares
- ADVERTISEMENT -

काठमाडौं, फागुन १९

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाउनु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा राखिएको शवमा उहाहरुले सयुक्त रुपमा पार्टीको झण्डा ओढाउनु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

अधिकारीको सम्मानमा एक मिनेट मौनधारण समेत गरिएको थियो । अधिकारीको पार्थिव शरीरलाई मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा राखिने छ । त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । अधिकारीको गएराति ८३ वर्षको उमेरमा निधन भएको थियो । उहाप्रति श्रद्धाञ्जली अर्पण गर्न नेता कार्यकर्ता र सर्वसाधारणको नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा घुइँचो लागेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -