२०८३ जेठ ३, आइतबार
६:१५:३४ बेलुका
- ADVERTISEMENT -

लगानीकर्तालाई सञ्चारमन्त्रीको आव्हान – ‘डिजिटल नेपाल’का लागि लगानी गर्नुहोस्

प्रकाशित मिति: २०७५ चैत १५, शुक्रबार

980
Shares

काठमाडौँ, चैत १५, २०७५ । सरकारले ‘डिजिटल नेपाल परियोजना’लाई सार्थक बनाउन वैदेशिक लगानीकर्तालाई सूचना प्रविधिको क्षेत्रमा खुलेर लगानी गर्न आह्वान गरेको छ ।

सूचना प्रविधिको क्षेत्रमा लगानीको वातावरण तयार गर्न आवश्यक कानून पारित गरी वातावरण तयार पारेको भन्दै सरकारले लगानीकर्तालाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाएको छ । ‘नेपाल लगानी सम्मेलन २०१९’ को पहिलो दिन आज सूचना प्रविधिसम्बन्धी सत्रमा नेपालको सूचना प्रविधिको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वदेशी तथा विदेशी उद्यमी र व्यवसायीलाई लगानी गर्न आह्वान गरेको हो ।

सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि नीतिको मस्यौदा तयार भई प्रक्रिया अगाडि बढेको र सूचना प्रविधिसम्बन्धी अन्य कानून पनि निर्माण भइसकेको जानकारी दिनुभयो । सम्मेलनलाई लक्षित गरी सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संशोधनसमेत गरिसकेको छ ।

सरकारले डिजिटल सम्पर्क सञ्जालमा सुधार गरेको उल्लेख गर्दै उहाँले नेपालमा पछिल्लो पटक इन्टरनेट र सूचना प्रविधिको प्रयोग बढ्दै गएको तथा फोरजी सेवासमेत शुरु गरेको अवगत गराउनुभयो । विद्युतीय सुशासनका लागि आवश्यक संरचना तयार गरी कार्यान्वयनतहमा पुगेको बताउँदै मन्त्री बाँस्कोटाले डिजिटल नेपाल परियोजनाले मुलुकको समग्र विकास, दिगो सामाजिक तथा आर्थिक वृद्धिको आधार तयार हुने विश्वास व्यक्त गर्नुभयो ।

“उक्त परियोजनामा ठूलो लगानीको आवश्यकता छ, सरकारले आवश्यक कानून बनाई वैदेशिक लगानीको उचित वातावरण तयार पारेको छ, व्यापारिक राहदानी प्रक्रियालाई सहज बनाएका छौँ, लगानी सुरक्षाको ग्यारेन्टी गर्छौं ।” मन्त्री बाँस्कोटाले भन्नुभयो । लगानीका लागि प्रशासनिक प्रक्रियालाई सरलीकरण गरेको बताउँदै मन्त्री बाँस्कोटाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । नेपालको संविधानअनुसार तीनै तहको निर्वाचन सम्पन्न भएपछि राजनीतिक स्थायित्व कायम भएको र स्थायी सरकार गठन भई विकासका योजनासहित अगाडि बढेको सरकारको भनाइ थियो ।

सम्मेलनको उक्त सत्रमा वक्ताका रुपमा अमेजन इन्टरनेट सर्भिस कम्पनी भारतका चन्द्र बलानी, जापानको सुमितोमोका महाप्रबन्धक मासाहिरो मियासिता, माइक्रोसफ्टको एशिया प्यासफिक क्षेत्रका प्रबन्ध निर्देशक सोनिया बसिर कविर, नेपालको सफल पाटनर्सका प्रबन्ध निर्देशक आशुतोष तिवारी सहभागी हुनुहुन्थ्यो ।

सञ्चार मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार मिश्रले नेपामा सूचना प्रविधिको क्षेत्रमा भएका गतिविधिबारे प्रस्तुति दिँदै यस क्षेत्रको लगानीमा सरकार उदार रहेको र सरकारले सहज नीति लिएको उल्लेख गर्नुभयो । उहाँले नयाँ स्थापित हुने उद्योगका सम्बन्धमा कर छुटको प्रावधानका बारेमा जानकारी गराउँदै नेपालमा मोबाइल फोन र डिजिटलाईजेसनको विकास तीव्र गतिमा भइरहेको तथ्य पेश गर्नुभयो ।

प्रविधिको क्षेत्रमा लगानीका लागि ठूला परियोजना हाल नभएको अवस्थामा ठूलो लगानीको आवश्यकता र सम्भावनाको बारेमा समेत उहाँले प्रस्तुति दिनुभएको थियो । अमेजन कम्पनी भारतका बलानीले सरकारले नेतृत्वका साथ काम गरे प्रविधिको क्षेत्रमा ठूलो उपलब्धि हासिल हुनसक्ने उल्लेख गर्दै आइटी कम्पनी सञ्चालनका लागि शुरुमा लगानी चाहिने र पछि मात्रै कम्पनीले प्रतिफल प्राप्त गर्ने उल्लेख गर्नुभयो । सूचना प्रविधिको क्षेत्रमा गरिएको लगानी र प्रतिफलका बारेमा बङ्गलादेश र भारतबाट धेरै कुरा सिक्न सकिने उहाँको भनाइ थियो ।

जापानको सुमितोमो कम्पनीका महाप्रबन्धक मासाहिरो मियासिताले डिजिटल रुपान्तरणका लागि ड्रोन, रोवर्ट र सफ्टवेयरको प्रयोग गरी शिक्षा, कृषिलगायत क्षेत्रलाई सबल बनाउन सकिने उल्लेख गर्नुभयो । उहाँले दिगो विकासका लक्ष्य हासिल गर्न पनि सूचना प्रविधिको प्रयोग आवश्यकता रहने भन्दै नेपालाई आफू पनि सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

उहाँले सर्वसाधारणको समस्या समाधानमा समेत सूचना प्रविधिको ठूलो सहयोग रहन सक्नेबारे आफ्नो अनुभव सुनाउनुभएको थियो । सहभागीले सूचना प्रविधिलाई दिगो र समावेशी बनाउन महिलाको सहभागिता बढाउनुपर्नेमा सुझाव दिँदै प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नुपर्ने धारणा राखेका थिए । भोलिसम्म चल्ने सम्मेलनमा विभिन्न ४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६०० भन्दा बढी विदेशी लगानीकर्ताको उपस्थिति रहेको छ । सम्मेलनमा सरकारका उच्चपदस्थ अधिकारी, नेपाल स्थिति विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजी क्षेत्र, गैरआवसीय नेपाली तथा स्वदेशी लगानीकर्तालगायतको सहभागिता छ ।

सरकारले कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात, शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ परियोजना प्रस्तुत गरेको छ । सम्मेलनमा करीब १२ विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर गर्ने तयारीे छ ।

सरकारले सम्मेलनमार्फत् विश्वका लगानीकर्तालाई नेपालमा लगानीका अवसर, लगानी प्रवद्र्धनका लागि सरकारले लिएका नीतिगत तथा कानूनी प्रयासबारे जानकारी गराउने अवसर मिल्नुका साथै लगानीको उत्कृष्ट गन्तव्य रहेको सन्देश दिने अवसरको रुपमा लिएको छ । सम्मेलनअन्तर्गत आज विभिन्न सात विषयगतमध्ये सूचना प्रविधिसहित पर्यटन, उद्योग, ऊर्जासम्बन्धीका सत्र सम्पन्न भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -