- ADVERTISEMENT -

पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण : नेता डा. शेखर कोइराला

March 24, 2019
706
Shares
- ADVERTISEMENT -

काठमाडौं, १० चैत्र २०७५ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताएका छन् । नेपाली कांग्रेस चितवनले आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा कोइराले भने, ‘गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ ।’

नेता कोइरालाले पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसले पार्टी बलियो बनाउन सहयोग पुग्ने बताउँदै गुटले नेतृत्वलाई पार्टी बनाउन सघाउने उल्लेख गरे । गणतन्त्र र संघीयता कांग्रेसको एजेण्डा रहेको उल्लेख गर्दै उनले कम्युनिस्टहरू जनवादी केन्द्रीयतामा विश्वास गर्ने बताए ।

- ADVERTISEMENT -

Advertisement

नेता कोइरालाले सरकारले चौतर्फी रूपमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा गरेको हस्तक्षेप मान्य नहुने उल्लेख गरे । कांग्रेसका नेत्रीद्वय सीता गुरुङ र डा. डिला संग्रौलाले कांग्रेस हारे पनि सिद्धान्त र आदर्शको विजय भएको बताए ।

सो अवसरमा कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, नेता देवराज चालिसे, जिल्ला उपसभापति कैलाश कोइरालालगायतले पार्टीको संस्थागत विकासमा जोड दिनुपर्ने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -