२०८३ जेठ ३, आइतबार
५:२९:५२ बेलुका
- ADVERTISEMENT -

इच्छाकामना मन्दिर पुनःनिर्माण गरिँदै

प्रकाशित मिति: २०७५ चैत ४, सोमबार

2569
Shares

मुग्लिन, ४ चैत्र २०७५ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ मा रहेको पवित्र धार्मिकस्थल इच्छाकामना माई मन्दिरको पुनःनिर्माण गरिने भएको छ ।

अहिले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम शुरु गरिएको गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो ।

मन्दिर पुनःनिर्माणका लागि प्रदेश सरकारबाट रु ५० लाख मन्दिर पुनःनिर्माणका लागि बजेट विनियोजन गरिएको छ । यसअघि गाउँपालिकाले मन्दिरसम्म जाने बाटोमा सिंढी बनाइसकेको छ भने मन्दिर क्षेत्रभित्र रहेको जमीन र वन क्षेत्रलाई पनि घेराबन्दी (कम्पाउण्ड) गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

यसैबीच मन्दिरसम्म जाने दर्शनार्थीको सहजताका लागि मुग्लिनबाट पनि सडक सञ्जाल जोड्ने अध्यक्ष गुरुङले बताउनुभयो । सडक विस्तारको काम भइरहेको उहाँको भनाइ छ ।

गोरखाको शहीद लखनगाउँपालिका-२ मा रहेको मनकामनामा माताको मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छ्याएको पूरा हुने धार्मिक विश्वास रहेको छ ।

मनकामना माईको सात दिदीबहिनी थिए । तीमध्ये एक बहिनी रहेको किंवदन्ती रहेको मन्दिरका पुजारी हर्कबहादुर गुरुङले बताउनुभयो ।

पुजारी गुरुङका अनुसार कहिलेबाट यहाँ इच्छाकामना देवीको पूजा गर्न थालिएको हो यकिन नभए पनि धेरै वर्षअघि उनका पुर्खाले गाई बाख्रा हराउन थालेपछि गोठालाले भेटेको मूर्तिमा पूजा गर्न शुरु गरेका थिए ।

त्यसपछि गाई बाख्रा हराउन छाड्यो । अन्य गाउँलेले पनि पूजाआजाको शुरुआत गरे । इच्छाकामना मन्दिर परिसरमा शिवालयको मन्दिर र गणेशको मूर्ति पनि स्थापना भएको छ ।

प्रत्येक वर्ष पञ्चमी तिथिमा मेला

प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्ने गर्दछ । मेलामा राँगा, बोका, हाँसको अण्डा र कुखुराको बलि दिइन्छ ।

घन्ट र त्रिशूल पनि चढाउने गरिन्छ । मेलामा देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गर्दछन् । रातभर नाचगान र रमाइलो गरेपछि बिहान पूजाआजा गरिन्छ ।

इच्छाकामना मन्दिर सामुन्द्रिक सतहदेखि एक हजार ८०० मिटरको उचाइमा रहेको छ । इच्छाकामनाको वरपर जङ्गलले ढाकेको छ ।

फागुन, चैतमा फुल्ने लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ । वनपाखा फूलले ढकमक्क हुन्छन् । इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश माछापुच्छे«सम्म देख्न सकिन्छ ।

मोटरबाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थी इच्छाकामना पनि आउने गरेको पूँजी हर्कबहादुर गुरुङले बताउनुभयो ।

मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकको आवागमनमा वृद्धि हुँदै आएको स्थानीय होटल व्यवसायी ज्ञानबहादुर गुरुङ बताउनुहुन्छ ।

इच्छाकामना मन्दिर दर्शनपश्चात् बास बस्न चाहनेका लागि मन्दिर नजिकै खान बस्नका लागि पनि होटल तथा आवासको सुविधा रहेको गुरुङले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -