२०८३ वैशाख ८, मंगलबार
४:५४:१७ दिउँसो
- ADVERTISEMENT -

एमाले र माओवादीले टेकेको जमिन कांग्रेसको हो : गगन थापा

प्रकाशित मिति: २०७५ वैशाख १४, शुक्रबार

1975
Shares

१४ वैशाख, चितवन । नेपाली कांग्रेसका नेता गगन थापाले एमाले र माओवादी सच्चा कम्युनिष्ट नभएको भन्दै एमाले र माओवादीले टेकेको जमिन कांग्रेसको भएको बताएका छन् ।

चितवनमा आयोजित संगठन सुदृढीकरण एवं पुनर्जागरण कार्यक्रममा थापाले एमाले लगायत देशका कम्युनिष्ट पाटीहरुले विगत २६ बर्षदेखि आफूलाई कम्युनिष्टको रुपमा परिभाषित गर्दै आए पनि उनीहरु सच्चा कम्युनिष्ट नरहेको तर्क गरे । एमाले र माओवादीले टेकेको जमिन कांग्रेसको भएको उनको दाबी छ ।

उनले एमाले देशको ठुलो प्राईभेट कम्पनी भएको आरोप लगाए । नेता थापाले प्रदेश तथा स्थानीय तहमा ५ बर्षसम्म छायाँ सरकारको रुपमा काम गर्दै अगाडी बढ्नुपर्ने बताए । ‘निर्वाचनमा भएको हारलाई लिएर बस्ने बेला यो होइन’ उनले भने, ‘अब फेसबुकमा फोटो पोष्ट गरेर, काठमाडौंमा नेता भेट्ने होइन । एमालेले गर्ने हरेक आर्थिक अनियमिताको निगरानी गर्दै प्रतिवाद गर्नुपर्छ ।’

अबको ५ बर्ष भित्र पार्टीलाई सुदृढीकरण गर्दै अहिलेको मतदाता भन्दा १४ लाख मतदाता थपेर पहिलो पार्टी बन्ने सपना उनले सुनाए । अब सवै कार्यकर्ता संगठित भएर छलफल गर्नुपर्ने भन्दै नेता थापाले भने, ‘असन्तुष्टि पोखेर मात्र बस्ने होइन, शिर उचो बनाएर काम गर्नुस्, चुनाव हारियो भनेर विचिलत हुन आवश्यक छैन ।’ अनलाइन खबर ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81