- ADVERTISEMENT -

मदिरा पिएर स्कुल आउने शिक्षकको जागिर गयो

April 26, 2018
1623
Shares
- ADVERTISEMENT -

जाजरकोटः यहाँको एक विद्यालयमा मदिरा सेवन गरी आउने शिक्षकको जागिर चट भएको छ । कुशे–५ खुर्पास्थित लक्ष्मीप्राप्ती माध्यमिक विद्यालयमा कार्यरत शिक्षक हेमराज शाहीलाई विद्यालयले अवकास दिएको हो ।

मावि तह राहत दरबन्दीको अंग्रेजी विषयमा कार्यरत शाहीले विद्यालय समयमा पटक पटक मदिरा पिएर पठनपाठनमा बाधा पु¥याएकाले कारबाही गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश कुमार सिंहले बताए ।

- ADVERTISEMENT -

Advertisement

बारम्वार चेतावनी दिँदा पनि अटेर गरेपछि अभिभावक भेलाले उनलाई अवकास दिएको थियो । अभिभावक भेलाको निर्णयको आधार र पटक पटक मदिरा नपिउन दिएको निर्देशन पालन नगरेको भन्दै विद्यालय व्यवस्थापन समितिले शिक्षक पदमा अयोग्य ठहर गर्दै अवकास दिने निर्णय गरेको प्रधानाध्यापक सिंहले बताए ।

उनको अवकासपछि नयाँ शिक्षक पदपूर्तिका लागि अनुमति माग गरिएको छ । उनले मदिरा पिएरै पढाउने गरेको विद्यार्थीले बताएका छन् । रक्सी पिएको बेला कक्षा कोठामा जाने गरेका ती शिक्षक ठस्ठसी गन्हाउने गरेको गुनासो विद्यार्थीले प्रधानाध्यापक र अभिभावकसँग गरेका थिए ।

सवै विद्यालय ब्यवस्थापन समिति विघटन

छेडागाड नगरपालिकाले मातहतका सवै विद्यालयका ब्यवस्थापन समिति विघटन गरेको छ । नगरपालिकाले हालै निर्माण गरेको नगर शिक्षा ऐन २०७४ अनुसार विद्यालय ब्यवस्थापन समिति विगठन गरिएको हो । नयाँ ब्यवस्थापन समितिको निर्वाचन आउदो बैशाख २० गते हुने गरि पत्रचार गरिएको स्रोत ब्यक्ति मनिराम पोखरेलले बताए । अन्नपूर्ण डटकम

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -