२०८३ वैशाख ६, आइतबार
११:०१:४२ राति
- ADVERTISEMENT -

मदिरा पिएर स्कुल आउने शिक्षकको जागिर गयो

प्रकाशित मिति: २०७५ वैशाख १३, बिहीबार

1682
Shares

जाजरकोटः यहाँको एक विद्यालयमा मदिरा सेवन गरी आउने शिक्षकको जागिर चट भएको छ । कुशे–५ खुर्पास्थित लक्ष्मीप्राप्ती माध्यमिक विद्यालयमा कार्यरत शिक्षक हेमराज शाहीलाई विद्यालयले अवकास दिएको हो ।

मावि तह राहत दरबन्दीको अंग्रेजी विषयमा कार्यरत शाहीले विद्यालय समयमा पटक पटक मदिरा पिएर पठनपाठनमा बाधा पु¥याएकाले कारबाही गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश कुमार सिंहले बताए ।

बारम्वार चेतावनी दिँदा पनि अटेर गरेपछि अभिभावक भेलाले उनलाई अवकास दिएको थियो । अभिभावक भेलाको निर्णयको आधार र पटक पटक मदिरा नपिउन दिएको निर्देशन पालन नगरेको भन्दै विद्यालय व्यवस्थापन समितिले शिक्षक पदमा अयोग्य ठहर गर्दै अवकास दिने निर्णय गरेको प्रधानाध्यापक सिंहले बताए ।

उनको अवकासपछि नयाँ शिक्षक पदपूर्तिका लागि अनुमति माग गरिएको छ । उनले मदिरा पिएरै पढाउने गरेको विद्यार्थीले बताएका छन् । रक्सी पिएको बेला कक्षा कोठामा जाने गरेका ती शिक्षक ठस्ठसी गन्हाउने गरेको गुनासो विद्यार्थीले प्रधानाध्यापक र अभिभावकसँग गरेका थिए ।

सवै विद्यालय ब्यवस्थापन समिति विघटन

छेडागाड नगरपालिकाले मातहतका सवै विद्यालयका ब्यवस्थापन समिति विघटन गरेको छ । नगरपालिकाले हालै निर्माण गरेको नगर शिक्षा ऐन २०७४ अनुसार विद्यालय ब्यवस्थापन समिति विगठन गरिएको हो । नयाँ ब्यवस्थापन समितिको निर्वाचन आउदो बैशाख २० गते हुने गरि पत्रचार गरिएको स्रोत ब्यक्ति मनिराम पोखरेलले बताए । अन्नपूर्ण डटकम

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98